neapl investment mega bank

पसलमा आगलागी हुँदा बालकको मृत्यु

Apr 20th, 2020

गुल्मी, ८ वैशाख

चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बजार बस्ने पूर्ण बहादुर खनालको घरमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा जलेर पूर्ण बहादुरको छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको छ । सोही आगलागीमा जलेर घाइते भएका पूर्ण बहादुर समेत ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi