neapl investment mega bank

एपीएफ टोलीद्वारा गाँजा बरामद

Apr 20th, 2020

रौतहट, बैशाख ८

रौतहट जिल्लाको गुजरा नगरपालिका ४ जंगलशैया स्थित लालबकैया खोलाबाट बैशाख ७ गते एपीएफ टोलीले करीव नौ के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।

उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । नम्बर नखुलेको मोटरसाईकलमा आउँँदै गरेका केही व्यक्तिहरुले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा खोलामा फालेर फरार भएपछि बरामद गरिएको हो । बरामद गाँजा एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi