neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

Apr 20th, 2020

कञ्चनपुर, बैशाख ८

कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ स्थित बैबाहबाट बैशाख ७ गते एपीएफ टोलीले करीव एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावारी नगरपालिका २ अत्तरीया बस्ने २५ वर्षिय दिपक चौधरी र २२ वर्षिय बिरेन्द्र चौधरी छन् ।
से ७ प ५३६६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद ब्राउन सुगर तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi