neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठद्धारा २४ बुुंदे सुझाव

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठद्धारा २४ बुुंदे सुझाव

Apr 19th, 2020

काठमाडौ, बैशाख ७

नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोना भाइरस ( कोभिड(१९) बाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ वुंदे सुझाव दिएकाछन । उक्त अवसरमा अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहजतथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाई चुस्त बनाई जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाई निरन्तरता दिन आग्रह गरेकाछन ।


वैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन । नगद प्रवाहलाई सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सांवा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताए । यसबाट चुनौति मात्र नभइअवसर पनि प्राप्त भएको छ । वाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ बिजनेश, अनलाइन बिजनेश को प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेको छ ।


सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप उपयोग गरि दिन आग्रह गरेकाछन । अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताएकाछन ।