neapl investment mega bank

राहत लुटपाट गरेको अभियोगमा पक्राउ

Apr 19th, 2020

पर्सा, ७ वैशाख

पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

उक्त टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा उनीहरुले राहत लिन आउने व्यक्तिहरुलाई जोर-जुलुम, हो-हल्ला तथा राहत बाँड्ने व्यक्तिमाथि हातपात गरी केही राहतका सामग्रीहरु समेत लुटपाट लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi