neapl investment mega bank

थप एक जनामा कोरोना संक्रमण देखियो

Apr 18th, 2020

काठमाडौं ,६ वैशाख

नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । आजैमात्र दुई जना निको भएर घर फर्किएका छन्।