neapl investment mega bank
  • गृहपृष्ठ
  • सप्तरीमा अलपत्र यात्रुका लागि निःशुल्क खाजा घर सञ्चालनमा

सप्तरीमा अलपत्र यात्रुका लागि निःशुल्क खाजा घर सञ्चालनमा

Apr 18th, 2020

राजविराज, ६ वैशाख (रासस)

सप्तरीको शम्भुनाथ नगरपालिका–३ का व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालनमा ल्याएको छ । पूर्वपश्चिम राजमार्गमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सप्तरीको शम्भुनाथमा व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालन ल्याएको हो । राजमार्ग भएर हिँडने करिब ६०० पैदलयात्रीलाई शुक्रबार निःशुल्क खाजा खुवाएका छन् ।

बन्दाबन्दीका कारण सवारी साधन चल्न नसक्दा हिँडेरै घरतर्फ लागेका ती यात्रुलाई निःशुल्क खाजा खुवाउन पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ट्राफिक चोकमा खाजा घर सञ्चालन गरिएको हो । लकडाउनले पसल बन्द रहँदा पश्चिमबाट काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट आफ्नो घरतर्फ हिँडेका यात्रुले खानेपानीसम्म नपाइरहेको अवस्थामा बजारवासीको पहलमा यात्रुका लागि निःशुल्क खाजाको व्यवस्था गरेको छ ।

स्थानीय वीरेन्द्रकुमार साहका अनुसार बन्दाबन्दीका कारण सवारी साधन नचलेपछि राजमार्गमा हिँडेर जाने यात्रुका लागि ‘बजारभरिका व्यवसायीले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुटलगायतका सामग्री उपलब्ध गराइरहेका छन् । खाजाबाहेक पनि बजारमा क्लिनिक तथा औषधि पसलसमेत सञ्चालन गरिरहेकाले समान्य खालका औषधिसमेत निःशुल्क वितरण गर्दै आएको उहाँले बताउनुभयो । चार दिनअघि सञ्चालन गरेको खाजा घरमा शुक्रबार मात्र ६०० यात्रुलाई निःशुल्क खाजा खुवाइएको स्थानीयवासी नर्मदेव यादवले बताउनुभयो । लकडाउनको अवधिभर खाजा घर सञ्चालनमा रहने स्थानीयवासीले बताएका छन् ।

हरियो सागसब्जीको उत्पादन र आपूर्तिमा जोड

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण हरियो सागसब्जी दैनिक आयात हुन नसक्दा स्थानीयस्तरमा उत्पादन गरिएको सागसाब्जी बिक्री गर्ने गरेको पाइएको छ । तरकारी खेतीले बन्दाबन्दीका बेला पनि स्थानीयस्तरमा उत्पादित हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको छ ।

लकडाउनमा राजविराजसहित स्थानीयवासीले भोग्दै आएका समस्यालाई मध्यनजर गरी सप्तरीको दक्षिण भेगका करिब १५० कृषकले सहजताका लागि स्थानीयस्तरमा उत्पादन गरेको तरकारी गाउँगाउँ तथा शहरबजारसम्म बिक्री वितरण गर्ने कार्यमा अहिले व्यस्त देखिएको छ ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रमअन्तर्गतको जीविकोपार्जन कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेग तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका–१४ का अतिविपन्न परिवारका महिला सदस्यले कृषक समूहमार्फत गर्दै आएको तरकारी खेतीले बन्दाबन्दीका बेला पनि स्थानीयस्तरमा हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक रामकुमार साहले बताउनुभयो ।

अहिले उनीहरुले विभिन्न प्रकारका सागसब्जी, लौका, फर्सी, करेलालगायत हरियो तरकारी उत्पादन गरी ग्रामीण भेग तथा शहरमा समेत बिक्री वितरण गरिरहेको कृषि प्राविधिक साहले जानकारी दिनुभयो ।

तिलाठी कोइलाडीका २३ को रिर्पोट नेगेटिभ

सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिका–१ का याकुब मन्सुरी परिवारका सबै सदस्यको ¥यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नेगेटिभ देखिएको छ । भारतको दिल्ली मरकजबाट आएका मन्सुरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ¥यापिड डायग्नोष्टिक टेष्ट गर्दा निगेटिभ आएको हो ।

मन्सुरीको स्वाब सङ्कलन गरी (पिसीआर) परीक्षणका लागि धरानस्थित बिपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । राजविराज अस्पतालमा कोरोना पोजिटिभ देखिएका मन्सुरीको धरानमा ९पिसीआर० माध्यबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । उनको टेष्टमा नेगेटिभ आएपछि उनलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ । मन्सुरीको टेष्ट नेगेटिभ आएपनि उनको सम्पर्कमा आएका परिवारका ११ र अन्य थप १२ जनाको स्वाब ¥यापिड डायग्नोष्टिक टेष्टबाट परीक्षण गर्दा उनीहरु सबैको नतिजा नेगेटिभ आएको तिलाठी कोइलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दीपककुमार मण्डलले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi