neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेको अभियोगमा समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेको अभियोगमा समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

Apr 18th, 2020

काठमाडौँ, ६ वैशाख (रासस)

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।

अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi