neapl investment mega bank
  • गृहपृष्ठ
  • हङकङका तुलसीले गरे जन्म गाउँ लाई १० लाख सहयोग

हङकङका तुलसीले गरे जन्म गाउँ लाई १० लाख सहयोग

Apr 17th, 2020

काठमाडौ, बैशाख ५

“धनमात्रभएर हुदैन सहयोग गर्न मन चाहिन्छ” यहि भनाईलाई चरितार्थ गरिदिए ग्राण्ड मास्टर तुलसी कुमार गुरुङले कोभिड १९ ले नेपाल लकडाउनमा छ, गरेर खानेहरु बाहिर निस्कन पाएका छैनन् । दैनिकी कमाई हुन नसकेपछिको ब्यवहारिक कठिनाई दर्दनाक छ । मृत्युको भयसगै बा“च्नका लागि सकस ब्यहोरिरहेका गण्डकी प्रदेश मादी गाउँपालिका अन्र्तगतका गाउ“हरुमा गुरुङले १० लाख रुपैयाको आर्थिक सहयोग गरेका हुन् ।

एक कार्यक्रमकाबीच मास्टर गुरुङकी आमा काली गुरुङले वार चौक गाउ“कापुर्व प्रधानाध्यापक कृष्णबहादुर गुरुङ्लाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । ग्राण्ड मास्टर तुलसी भन्छन् मादी गाउ“पालिका अन्र्तगतका गाउ“हरु वार चौक, तोगीगाउ“, पुरानो भा चौक, मेन भा चौक मेरो आमा र मेरो जन्मगाउ“हरु हुन् । लगभग १९६ घरधुरी रहेको उक्त गाउ“मा ५ हजार रुपैयाका दरले सहयोग रकम हस्तान्तरण हुनेछ । नेपालमा लकडाउनको समयसिमा समाप्त हुने वित्तिकै प्रत्येक घरधुरीलाई रकम वितरण गरिनेछ ।

राहत रकम वितरणलाई सहज बनाउनका लागि ईश्वरबहादुर गुरुङको नेतृत्वमा समिती बनिसकेको छ, उहँ“हरुको टिमले राहत रकम वितरण गर्नेछन् । अनौठो भाईरसले संसार आतंकित बनिरहेको छ, आफ्नो जन्मगाउ“मा मैले सकेको सानो सहयोग गरेको हु । आत्मसन्तुष्टि भन्दा ठुलो केहि नहुने रहेछ, जीवनका अधिकांश समय विदेशमा ब्यक्तित गरेपनि मेरो मन र समर्पण जहिल्यै आफ्नै देश र गाउ“मा छ ।

२० बर्ष ब्रिटिस आर्मीबाट निवृत भईसकेपछी निरन्तर २३ बर्षदेखी हङकङलाई कर्मथलो बनाईरहेका छन् ग्राण्ड मास्टर गुरुङ्ले । हङकङको नेपाली समाजमा स्वच्छ, ईमान्दार र कर्मनिष्ठको छवी बनाएका उनी नेप्लिज तेक्वान्डो एसोसियसन हङकङ प्रेसिडेन्ट, मितेरी सेवा समिती पोखरा अध्यक्ष, वीवील राईज फाउन्डेशन संस्थापक लगायतका सामाजिक संघसस्थाहरुमा आवद्ध छन् । खेलकुद र शिक्षामा निरन्तर सहयोगका लागि तयार हुने तुलसीले विभिन्न समयमा खेलाडी र विद्यार्थीहरुलाई ब्यक्तिगत र संस्थाको मार्फत सहयोग गरिरहेका छन् ।

गुरुङ भन्छन् – भुकम्पपछी सहयोग हेतु स्थापना गरिएको वीवील राईज फाउण्डेशनले अहिले शिक्षा, खेलकुदको क्षेत्रमा निरन्तर सहयोगका कार्यक्रमहरु गरिरहेको छ । पर्यटन प्रर्वद्धनका लागि हामीले हाम्रो क्षेत्रबाट प्रयास गरिरहेका छौ । मानविय सहयोग र आफ्नो देशप्रतिको सदाचारिता र जिम्मेवारीबाट किमान्त म पछि हट्दिन । संसारको जुनसुकै कुनामा बसेपनि नेपाली मन र नेपाली सानको लागि काम गरिरहेको हुन्छु उनी थप्छन् ।

वर्तमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तुलसीले आफ्नो पोखरा र काठमाडौमा रहेको घरमा १ महिनाको भाडादर निशुल्क गरिदिएका थिए । गुरुङ भन्छन् सहयोग सानो नै किन नहोस्, कसैको लागि ठुलो हुन सक्छ । सवैले मानवियता देखाउने हो, भने अवश्य केहि परिवर्तन सम्भव छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi