neapl investment mega bank
  • गृहपृष्ठ
  • पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना

Apr 16th, 2020

काठमाडौँ, ४ वैशाख (रासस)

पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बारीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ ।

सो महाशाखाले आज बिहान विषेश बुलेटिन जारी गर्दै आगामी तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौँ उपत्यका, रसुवा, धादिङलगायत क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना बढी रहेको छ ।

हाल देशैभरि आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi