neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाद्वारा मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध

महालक्ष्मी नगरपालिकाद्वारा मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध

Apr 15th, 2020

ललितपुर, ३ वैशाख (रासस)

महालक्ष्मी नगरपालिकाले मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले धेरैपटक नगरवासीलाई मनिङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि १ भन्ने डर पनि रहेको छ ।”

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi