neapl investment mega bank

मजदूरको भोक मेटाउँदै शिख समुदाय

Apr 15th, 2020

बाँके, ३ वैशाख (रासस)

कोभिड –१९ को सङ्क्रमण नियन्त्रणका लागि भएको लकडाउनमा अलपत्र परेका मजदूर वर्गलाई शिख समुदायले भोक मेटाउने प्रयास गरेको छ । बाहिरी जिल्लाबाट आएर नेपालगञ्जमा ज्याला मजदूरी गर्ने तथा गरीब परिवारलाई दैनिक रुपमा भण्डारा सञ्चालन गरिएकोे छ ।

लकडाउन शुरु भएसँगै नेपालगञ्जमा रहेको शिख समुदायले अलपत्र र भोका मजदूरलाई खाना खुवाइरहेको शिख समुदायका अगुवा अमरजित सिंहले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले गरेको लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई समेत शिख समुदायले निःशुल्क खाना खुवाइरहेको छ ।

नेपाल–भारत सीमानाकामा अलपत्र १८१ नेपालीलाई सम्पूर्ण खानपानको व्यवस्थापनको जिम्मेवारी शिख समुदायले लिएको बताइएको छ । कोही पनि भोकै बस्न नपरोस् भन्दै शिख समुदायबाट नेपालगञ्जस्थित गुरुद्वारामा नियमित र निरन्तर निःशुल्क भोजन सञ्चालन गरिएको अगुवा सिंहले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका नेपालीलाई समस्या भएको थाहा पाएलगत्तै शिख समुदायले निःशुल्क खाना खुवाइरहेको बताइएको छ । शिख समुदायले विशेषगरी आफ्नो महत्वपूर्ण चाडपर्व तथा परम्पराका अवसरमा गुरुद्वारामै लङ्गर अर्थात् निःशुल्क भोजनको व्यवस्था गर्छ । यो समुदायले सामूहिकरुपमा रकम संकलन गरी उक्त रकमबाट दिनहुँ खाना खुवाइरहेको सिंहले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi