neapl investment mega bank
  • गृहपृष्ठ
  • खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने पक्राउ

खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने पक्राउ

Apr 14th, 2020

खोटाङ, २ वैशाख

आफ्नै ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बाह्रपोखरी गाउँपालिका-१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi