neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघद्धारा डिजिटल सम्वाद

कोरोना–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघद्धारा डिजिटल सम्वाद

Apr 14th, 2020

काठमाडौ, बैशाख २

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ ।

संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपङ्तीमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताए । उनले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताए । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसंग माग गरे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताए । डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राखेका थिए ।

संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिकामा रहेका थिए । महासंघको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi