काठमाडौं ,२ बैशाख
काठमाडाँैको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
तीनै जनमा गरिएको र्यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट बाट उनीहरुमा कोरोना संक्रमण भएको संभावना देखिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ। उनीहरू करीब एक महिनाअघि बेलायतबाट फर्किएका थिए ।
योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।