neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा ३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौंमा ३ जनामा देखियो कोरोना संक्रमण

Apr 13th, 2020

काठमाडौं ,१,बैशाख

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा कोरोनाको संक्रमण देखिएको छ ।

तीनै जनमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे अस्पतालले जनएको छ ।

करीब एक महिनाअघि बेलायतबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा काेराेना भाइरसकाे एन्टीबडी देखिएकाे थियाे र हाल तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए । तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।

सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भनेको थियो। सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।