काठमाडौ, बैशाख १
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नयाँ बर्ष २०७७ सालको शुुभकामना प्रदान गरेकाछन । थापाद्धारा व्यक्त गरिएको शुभकामनामा भनिएको छ, कोरोना भाईरसको अप्रत्यासित महामारीबाट अहिले सम्पूर्ण विश्व आक्रान्त बनेको छ । हामी नेपालीहरु पनि उक्त भाईरस विरुद्ध लडने क्रममा विगत १२ दिनदेखि लकडाउन अन्तर्गत घर भित्रै बन्दाबन्दिको अवस्थामा छौं ।
यसैबिच हामी बि.सं २०७७ को नयाँ बर्ष हाम्रो घर संघारमा आईपुगेको छ । दुःख, पिडा र अन्यौलपूर्ण घडिकै बिचमा पनि नयाँ बर्षको अवसरमा म देश बिदेशमा रहेका सबै नेपालीहरुको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगलमय कामना गर्दछु ।
मानवजातिमा अन्तर्नि्हित अभूतपूर्व ज्ञान बिज्ञानको क्षमतालाई चुनैती दिदैं देखापरेको कोभिड(१९लाई पराजित गरि मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न २०७७ निश्चय पनि सफल हुनेछ ।
हामी नेपालीहरुको चाहना अनुरुप सुशासन र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा नयाँ बर्ष कोसेढुंगा बन्न सकोस् भन्ने शुभ कामना समेत व्यक्त गर्दछु । रोग,भोक, गरिबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने अभियानले बि.सं २०७७ मा ऐतिहासिक सफलता प्राप्त होस् ।
आजसम्म आम नेपाली जनताले लकडाउनको अवधिमा प्रदर्शित गरेको धैर्यता, आत्मसंयम र स्व(अनुशासनको परिणाम स्वरुप कोरोना भाईरसको महामारीले भयावह रुप लिन सकेको छैन। तर, खतरा अझै टरेको छैन।बिश्वका विभिन्न देशहरु र खासगरी छिमेकी भारत र चिनको अनुभवबाट पाठ सिकेर हामी निरन्तर सजग रहनु जरुरी छ ।
साधन श्रोत सम्पन्न विकसित देशहरुले समेत कोरोना भाईरस विरुद्ध लडन कठिन संघर्ष गर्नुपरिरहेको अवस्थामा नेपाल जस्तो साधन श्रोत कम भएको र कमजोर व्यवस्थापन क्षमता भएको देशले लकडाउनको कठोर पालनाबाट मात्र भाईरसको प्रकोपलाई पराजित गर्न सक्दछ।यो यथार्थलाई आत्मसात गर्न म सबैमा अपिल गर्दछु ।
कोरोना भाईरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई गंभीर प्रभाव पार्ने निश्चित छ । निश्चित आय भएका वर्ग, साना मझौला उद्योग र संगठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउनु अनिवार्य छ। त्यसर्थ, महामारी सकिएपछि त्यसवारे सोचौंला भन्ने होईन, अहिले देखि नै त्यसतर्फ गृहकार्य शुरु गर्नुपर्दछ ।
भारतीय सिमा क्षेत्रमा शरणार्थी भएर बसेका नेपालीहरुलाई आवश्यक परिक्षण र क्वारेन्टाइन व्यवस्था गरि घर फर्काउने वारे सरकारले पुनर्विचार गरोस् भन्ने आग्रह गर्दछु । तर, कोरोना महामारी अन्त नभएसम्म भारतसंगको सिमा बन्द गर्न र आवश्यक नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु ।
अन्तमा, नयाँ बर्ष २०७७ प्रजातन्त्रको सुदृढीकरण, राष्ट्रियताको सम्वर्द्धन र देशको सर्वांगीण आर्थिक विकासको बर्ष बन्न सकोस्, सुभकामनामा भनिएको छ ।