घोडाघोडी, ३० चैत(रासस)
कोरोनाको उच्च जोखिममा सबैभन्दा बढी अहिले सुदूरपश्चिम प्रदेश छ । अहिले सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित सुदूरपश्चिममा भेटिएका छन् । भारतबाट आएकाहरूको यकिन तथ्याङ्क छैन । भारतबाट आएकामा पनि सङ्क्रमण देखिसकेको छ । यहाँबाटै स्थानीयवासीमा सङ्क्रमण शुरु भएको छ । जोखिम उच्च मानिएको सुदूरपश्चिमका विभिन्न चोर नाकाबाट नेपाल प्रवेश गर्नेहरू रहेको पाइएको छ । प्रदेशमा स्वास्थ्य सामग्रीको अवस्था के छ, नौ जिल्ला रहेको यस प्रदेशका सबै जिल्लामा स्वास्थ्य सामग्री पुग्यो त, प्रदेशका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनका मापदण्ड पूरा भएका छन् छैनन्लगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसँग राससका लागि प्रकाश मिश्रले आइतबार गरेको कुराकानीको अंशः
सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ तर सामाजिक विकास मन्त्रालयले केही काम गर्न सकेन भन्ने आरोप छ नि ?
आरोप लगाउने पक्ष तीन तहका सरकारलाई निरन्तर लगाइरहन्छ तर सरकार आफ्नो दायित्व बुझेर अघि बढिरहेको छ । हामीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पतालमा स्वास्थ्यकर्मीलाई पूर्ण तयारीका साथ तयारी अवस्थामा राखेका छौँ, स्वास्थ्य सामग्री पु¥याइरहेका छौँ । लकडाउन कार्यान्वयनका लागि निरन्तर लागेका छौँ । हामी चुप लागेर बसेका छैनौँ ।
निजी अस्पतालमाथिको निगरानी नभएको हो कि, सेवा नै बन्द गरेको जनगुनासो छ नि ?
लकडाउनको शुरु समयमा निजी अस्पताल बन्द गर्ने, सेवा नदिने समस्या केही हदसम्म देखिएकै थियो तर अहिले त्यस्तो छैन । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका निजी अस्पताललाई हामीले मन्त्रालयमै बोलाएर छलफल ग¥यौँै, सरकार तपाइँहरूलाई सहयोग गर्छ, तपाईँहरू सरकारलाई सहयोग गर्नुस्, सबै मिलेर मात्र कोरोनासँग लड्न सकिन्छ भनेपछि उहाँहरूले अस्पताल खोल्नुभएको छ । अहिले निजी अस्पतालबाट जनताले सेवा पाइरहेका छन् । उहाँहरूसँग हामी निरन्तर छलफलमा छौँ । निजी अस्पताल सञ्चालकले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका चोर नाकाबाट अझै पनि ओहोरदोहोर चलिरहेको छ, आउने आइरहेका छन्, जाने गइरहेका छन् । निगरानी किन नभएको ? यसले त जोखिम बढाउला, हैन र ?
भारतसँग जोडिएका मुख्य नाका त बन्द नै छन् तर चोरी नाका भएर आउनेहरू अहिले छैनन् । केही दिन पहिले महाकालीमा पौडेर नेपाली दाजुभाइ आउनु भएको सबैले त्यस्तो कुरा गर्नुभएको हो । अहिले त्यस्तो अवस्था छैन, किनकि अहिले हरेक सानाठूला नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तैनाथ छन् । त्यसैले आत्तिनुपर्ने अवस्था अहिले छैन । अहिले सीमा पारि भारतमा रोकिनुभएका नेपालीको व्यवस्था भारत सरकारले गरिरहेको छ र यता हाम्रो नेपाली भूमिमा रोकिनुभएका भारतीय को व्यवस्था हामीले गरिरहेका कारण अहिले अवस्था त्यत्ति जटिल छैन भन्दा हुन्छ । अब कुनै पनि नाकाबाट कोही पनि लकडाउन नखुलेसम्म नेपाल भित्रन पाउँदैनन्, किनकि कुरा जोखिमको छ, त्यसैले जो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् ।
स्वास्थकर्मीहरु सबैभन्दा उच्च जोखिममा छन्, उनीहरूसँग उपचारमा संलग्न हुँदा प्रयोग हुने पिपिइ नभएका कारण रेनकोटलाई पिपिइ बनाउनुपरेको अवस्था रहेको छ । किन व्यवस्थापन गर्न नसक्नुभएको रु लापरवाही किन ?
यो विपत्ति एकै पटक आएको र पूर्वतयारी नभएका कारण शुुरुशुरुमा सबै जना आत्तियौँ, आवश्यकताभन्दा बढी प्रयोग नहुने ठाउँमा पनि पिपिइको माग भयो, त्यसैले समस्या भयो होला नभएको भन्दिन तर अहिले स्वास्थ्य सामग्रीको अभाव छैन । केन्द्र सरकारबाट आएका स्वास्थ्य सामग्री र हामीले व्यवस्थापन गरेका सामग्री अहिले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पतालमा पु¥याएका छाँै, सबै स्वास्थ्यचौकीमा पु¥याइएको अवस्था हो । अब सङ्क्रमण लम्बिँदै गएको अवस्थाका सन्दर्भमा स्वास्थ्य सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ, केही दिनभित्र हामीसँग थप स्वास्थ्य सामग्री आइपुग्छ ।
प्रदेशमा स्थानीय तह तथा प्रदेश सरकारले बनाएका क्वारेन्टाइन व्यवस्थित भएन, सामान्य मापदण्ड पनि पूरा नगरी बनाइएयो भन्ने आरोप एकथरी मानिसले लगाउने गरेका छन् नि ?
अहिले सुदूरपश्चिममा स्थानीय तह र हाम्रो गरेर पाँच हजार ७७२ शय्या क्षमताको क्वारेन्टाइन बनाएका छन् । हिजोका मितिसम्म दुई हजार पाँच सय तीन जना क्वारेन्टाइनमा बस्नुभएको छ, उहाँहरू स्थानीय तह र हाम्रो तयारीमा खुशी हुनुहुन्छ । अहिलेसम्म सुदूरपश्चिममा नौ वटा आइसोलेसन वार्ड छन्, क्वारेन्टाइन र आइसोलेशनबाट उपचारपछि रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्कनुभएको छ । वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मीको सल्लाहमा सबै क्वारेन्टाइन बनाइएको छ । विरोध गर्नेहरूले चिकित्सकहरूको भन्दा छुट्टै मापदण्ड लिएर आउनुप¥यो, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दियो भने हामी त्यस्तै बनाउँछौँ । विरोधका लागि विरोध गर्नु भएन ।
सङ्क्रमण कति फैलिन सक्छ, अहिलेको अवस्था के हो भन्ने जानकारीका लागि परीक्षणलाई तीव्र पार्नुपर्ने हैन र ?
यही कुरालाई विचार गर्दै सामाजिक विकास मन्त्रालयको पहलमा केन्द्रीय पशुशाला विभागबाट एक दिनमा तीन सय स्वाब परीक्षण गर्न सकिने आरटीपिसिआर मेशिनबाट परीक्षण शुरु गरिएको छ । परीक्षणले अब तीव्रता पाउँछ । मेशिन केही दिनअघि नै आएको तर महत्वपूर्ण सामान नआएकाले शनिबार मात्रै नेपाली सेनाको हेलिकप्टरबाट मगाई जडान गरेर परीक्षण शुरु गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लाका पन्ध्र जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वाब परीक्षणका लागि हामीसँग अझै पनि दश हजार किट रहेको हुनाले सबै जिल्लामा परीक्षण तीव्र पारिन्छ ।
सेती प्रादेशिक अस्पताल कोरोना डेडिकेट अस्पताल भनिन्छ तर त्यहाँ आवश्यक भेन्टिलेटर छैन, पर्याप्त आइसियु छैन, किन ?
हामीले केही समयअघि नै बीस वटा भेन्टिलेटर जडान गर्ने भनेर बोलपत्र आह्वान गरिसकेका छौँ । यो प्रक्रियामा छ । अहिले पर्याप्त भेन्टिलेटर, आइसियु कक्ष नभएको नै हो तर छिट्टै प्रदेशमा बीस वटा भेन्टिलेटर र पर्याप्त आइसियु कक्षको व्यवस्थापन गरिने छ । हामी निजी अस्पतालमा उपलब्ध आइसियुलाई पनि प्रयोगमा ल्याउने छौँ ।
कोरोना रोकथाम तथा अझै बढी फैलिन नदिन प्रदेश सरकार गम्भीर भएर लागेको छ त रु जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
हामीले प्रदेश सरकारले सम्पूर्ण सञ्चारमाध्यमबाट प्रदेशवासीलाई अनुरोध गरेका छौँ । सरसफाइ र भौतिक दूरी कायम गर्ने भन्ने किसिमका जनचेतना गाउँगाउँमा फैलाउन जनप्रतिनिधिलाई भनेका छौँ । प्रदेश सरकारले मजदूरी गरेर खाने अतिविपन्न जनताका लागि राहतको प्याकेजको घोषणा गरेका छौँ । सबै स्थानीय तहलाई रकम पठाइसकेका छौँ ।
अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारका विषयमा प्रदेश सरकार गम्भीर नभएको हो कि ?
हामी सबै क्षेत्रका व्यक्तिका विषयमा गम्भीर छौँ । प्रदेश सरकारले स्वास्थ्यकर्मी, पत्रकार तथा अस्पतालमा विकास समितिमार्फत राखिएका कर्मचारीको रु पन्ध्र लाखको बीमा गर्ने निर्णय गरेका छौँ । उहाँहरूको स्वास्थ्योचारको कुरा गरेका छाँै । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकार मात्र हैन प्रदेशका हरेक नागरिकको स्वास्थ्य सुरक्षाका विषयमा गम्भीर छौँ ।