लण्डन, ३० चैत (रासस/एएफपी)
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताउनुभएको छ ।
करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु भएको थियो । तर उहाँका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।
प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किनुभएको छ जहाँ उहाँले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ ।”
“उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल ९केही दिन० काममा फर्किनुहुने छैन ।”