काठमाडौ, चैत ३०
हरपल फुड्स प्रा.लि.का अध्यक्ष, युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीको अगुवाइमा बर्दिया जिल्ला क्षेत्र नं. २ ख बाट तथा कालीकोटबाट काठमाण्डौं आई बसोवास गरी बिभिन्न क्ष्ोत्रमा कामगर्ने कामदारहरुलाई खाधान्न सहयोग गरेकाछन । कोरोना भाइरस (कोभिड १९) का कारण अािथक अभावमा परेका करीव तीन सय ५० जनाभन्दा बढी मजदुर तथा कामदार एवं बिपन्न बर्गलाईहरुलाई काठमाण्डौका बिभिन्न क्षेत्रमा गएर उहाँ लगायतका टोलिले खाधान्न (चामल, दाल, नुन, तेल,मस्यौरा, लगायतका खाधान्न सामाग्री उपलब्ध गराएको हो । हाल बिश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण देशमा बिगत १९ दिनदेखि सरकारद्धारा गरिएको लकडाउनका कारण बिशेष गरी दैनिक ज्याला मजदुरी गर्ने कामदार तथा मानिसहरु सबैभन्दा बढी मारमा परेको देखिएको छ । यस्तो अवस्थामा हरपल फुड्स प्रा.लि. सदैव सहयोगको हातहरु अगाढि बडाउदै उनीहरुको जीवन रक्षाको लागि अगाडि आएर सहयोग गरेको जनक बहादुर धामीले बताए ।
कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेलायसै सहयोगलाई निरन्तरता दिदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन, बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाको स्थानीय राहत कोषमा एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरिसकेकाछनन ।