neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु पेद्धारा बिपन्न बर्ग लक्षित मोवाईल वालेट सञ्चालन

प्रभु पेद्धारा बिपन्न बर्ग लक्षित मोवाईल वालेट सञ्चालन

Apr 12th, 2020

काठमाडौ, चैत ३०

प्रभु पे ले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बार फोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासकाबिच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेट बाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका

एनसेलको सिम भएका साधारण फोन प्रयोगकर्ताले आरजी सहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर लेखि ३१०४१ मा एसएमएस गर्नुपर्ने हुुन । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्र्टण्ड हुन्छ । अब प्रयोगकर्ताले एस्ट्रीक ३१०४१ एस्ट्रीक एमपिआईएन ह्यास थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नेछन ।

प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्नेछन ।