काठमाडौ, चैत ३०
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा यही चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त हुनु भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेकाछन । उनले पदबहाली गर्दै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे ।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।