वासिङ्टन
डिसी, ३० चैत (रासस–एएफपी)
अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी हुनु भएको छ । कोरोनाभाइरस महामारीको कारण हुलाक मार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो ।
गत हप्ता बाइडेनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले प्रतिस्पर्धा त्याग्ने घोषणा गर्नुअघि नै उक्त मतदान भएको थियो । यसका कारण स्यान्डर्सको पक्षमा पनि मतदान भएको छ ।
मतपरिणाम अनुसार बाइडेनले ५५।३ प्रतिशत तथा स्यान्डर्सले ४४।७ प्रतिशत मत प्राप्त गर्नु भएको छ । यसबाट बाइडेनले राज्यको कूल प्रतिनिधि ९डेलिगेट० १५ मध्ये ९ जना तथा स्यान्डर्सले ६ जना प्रतिनिधि प्राप्त गर्नु भएको डेमोक्र्याटिक पार्टीले जनाएको छ ।
धेरै अमेरिकीहरू जस्तै बाइडेन पनि कोरोनाभाइरस महामारीका कारण घरभित्रै बस्नु भएको छ ।
घरबाटै प्रेस विज्ञप्ति जारी गर्दै बाइडेनले स्यान्डर्सका समर्थकहरूलाई आफ्नो अभियानमा सामेल हुन आग्रह गर्नु भएको छ ।