neapl investment mega bank
  • गृहपृष्ठ
  • शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरद्वारा सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरद्वारा सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

Apr 10th, 2020

काठमाडौँ, २८ चैत (रासस)

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ ।

नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानीमन्त्री बिना मगरलाई बिहीबार राज्यमन्त्री मानन्धरले २०० थान पिपीइ सेट हस्तान्तरण गर्नुभएको हो । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपीइ सेट हस्तान्तरण गरिएको हो ।
खानेपानीमन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।

राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहने जनाउनुभयो ।