neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै बुबालाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आफ्नै बुबालाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Apr 9th, 2020

धनकुटा, चैत २७

आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिका ७ पोस्तके बस्ने बिनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले घरायसी विवादको कारण भालाले ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि धरान घोपातर्फ रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi