काठमाडौं ,२७,चौत
लकडाउनका कारण अलपत्र परेकाहरूलाई सरकारले भोली र पर्सि बाहिर जान दिने भएको छ । उपप्रधनमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले बाहिर जान दिने निर्णय गरेको हो । चैत ११ बाट लागू भएको लक डाउनका कारण मानिसहरु हिँडेरै गाउँ फर्किन बाध्य भएका थिए ।
उपत्यकामा अलपत्र परेकाहरूलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइ दिने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ ले जानकारी दिए । छोटो दूरीको हकमा कुनै पनि निर्णय न भई सकेको र यस विषयमा छलफल भइरहेको जना इ एको छ । उपत्याकाबाट बाहिर जान दिइए पनि बाहिरबाट उपत्याका भित्र आउन भाने छैन ।