neapl investment mega bank
  • गृहपृष्ठ
  • शान्ति फाउण्डेशनद्धारा एचआईभी संक्रमित तथा प्रभावितहरुलाइ राहत वितरण

शान्ति फाउण्डेशनद्धारा एचआईभी संक्रमित तथा प्रभावितहरुलाइ राहत वितरण

Apr 8th, 2020

काठमाण्डौ ,२६ चैत्र

लकडाउनको कारण खाद्यय पदार्थको समस्या भोगिरहेका एचआइभि संक्रमित तथा प्रभावितहरुलाइ शान्ति फाउण्डेशनले टियर फण्ड नेपाल, फेमिली एण्ड फे्रन्ड परियोजना तथा अन्य ब्यतmीगत सहयोग द्धारा राहत वितरण गरेको छ ।

कामनपा वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामाको उपस्थितीमा बुधवार कुमारिगालमा जम्मा २२ जनालाइ खाद्यय पदार्थ वितरण गरिएको शान्ति फाउण्डेशनकि अध्यक्ष सन्जमाया तामाङले आधारभूमिलाइ जानकारी दिनु भएको छ । यसैगरी सरकारले कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्न घोषणा गरेको लकडाउनको कारणले नियमित रुपमा एआरभि नामक औषधि सेवन गरिरहेका एचआइभि संक्रमितहरुलाइ असर पुगेको तामाङले बताउनु भयो । नेपालमा कुल १७ हजार ९ सय ८७ जना एचआइभि संक्रमितहरुले एआरभी औषधि सेवन गरिरहेका छन । समाजले एचआइभि सक्रमितहरुलाइ कुदृष्टिले हेर्ने भएका कारण संक्रमितहरु एक जिल्लाबाट अर्को जिल्लामा गएर औषधि सेवन गर्न बाध्य भएको एक तथ्यांकले देखाएको छ । यसैक्रममा लकडाउनका कारण एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएकोले यो समस्या झनै बढेर आएको शान्ति फाउण्डेशनकि अध्यक्ष सन्जमाया तामाङले बताउनु भयो । हाल देश भरि ७८ स्थानका एआरभि सेन्टरबाट एचआइभी संक्रमितहरुले औषधि सेवन गर्दै आइरहेका छन ।

यसैगरी ठूलो सख्यामा औषधि लिने काठमाण्डौ स्थित शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै दइ हजार ४ सय ५० ले औषधि लिदै आइरहेका छन । सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आएको एआरभी औषधि एचआइभी संक्रमितहरुले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा सेवन गर्ने गर्छन । लकडाउनका कारण औषधी लिनको लागी घण्टौ हिडन पर्ने र सबैले नसक्ने हुदा शान्ति फाउण्डेशनले संक्रमितहरुको घरमा नै गएर औषधि वितरण गरिरहेको बताएको छ ।

ज्याला मजदुरी काम गदै आएका तथा स्वास्थ्य अवस्था राम्रो नभएका संक्रमितहरुलाई आफनो दैनिकी जिविको पर्जन गर्न गारो भएको हुदा एच.आई.भि संक्रमितहरुको समस्यालाई मध्येनजर गरी राहत वितरण गरिएको थियो । प्रत्येक व्यक्तिलाइ १ बोरा चामल,२ किलो दाल, १ लिटर तेल १ पाकेट नुन त्यसै गरी अन्य अत्यावश्यक खाद्यय पदार्थहरु वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

नेपाल सरकारको तथ्यांकमा नेपालमा २९ हजार ९ सय ४४ जना एचआईभी एड्स संक्रमित रहेका छन जस्मा पुरुषको सख्या १७ हजार ७ सय ३२ छ भने महिलाको सख्या १२ हजार २ सय १२ रहेको छ । त्यसैगरी एक हजार २ सय ९६ जना बालबालिकामा पनि एचआइभि सक्रमण रहेको बताइएको छ । नेपालमा दैनिक दुइ जना एचआइभी संक्रमित थपिने गरेको र वर्षमा आठ सँय ९५ जनाको एचआइभि एडसको कारणले ज्यान जाने गरेको नेपाल सरकारको तथ्यांकमा उल्लेख गरिएको छ । सरकारले सन २०२० भित्र ९० प्रतिशत संक्रमितहरुको पहिचान गर्ने, ९० प्रतिशत संक्रमितहरुलाइ एआरभीको पहुचमा ल्याइ यसैमा टिकाइ राख्ने लक्ष्य लिएको बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi