काठमाडौ, चैत २६
विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस ( कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।
सोही अनुुसार चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ । यसैगरी खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगर पालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय खैरहनीलाई वितरण गरेको छ ।
यसैगरी चेम्बर अफ कमर्स जाजरकोटले स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको छ । कमर्सले आफ्नै लगानीमा जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको हो ।