neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना संक्रमण नियन्त्रणमा वीरगन्ज महानगरपालिका अग्रनि भूमिका निर्वाह गर्दै नगर प्रमुख सरावगी

कोरोना संक्रमण नियन्त्रणमा वीरगन्ज महानगरपालिका अग्रनि भूमिका निर्वाह गर्दै नगर प्रमुख सरावगी

Apr 8th, 2020

वीरगन्ज ,चैत २६

पुरैबिश्वमा माहामारीको रुप लिएको कारोना रोगबाट उत्पन्न सबै समस्याहरुको वीरगन्ज महानगरपालिकाले डटेर समाधान गरिरहेको छ । कारोना रोगका कारण लगाइएको लकडाउनले गर्दा दैनिक जिवन व्यक्ति गर्न कठिन भएका बिपन्न परिवारलाई अर्थिक तथा उपभोगय सहायता एवम निशुल्क खाना खुवाउने कार्यक्रमलाई महानगरपालिका जोडतोडका साथ निरन्तर्ता दिएको छ । रोगलाई नियन्त्रण गर्न महानगरपालिकाले सरसफाई,लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकल युक्त पानिद्धारा सेनेटाइजको कार्यलाई पनि तिब्रता दिएको छ । लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसगं समन्वय गरि भइरहेको छ भने बारुणयन्त्र शाखाको विशेष सक्रियतामा सेनेटाइजको कार्यलाई तिब्रता दिइएको छ ।

यसैगरी महानगरपालिकाको वडा नम्बर १९ र २४ को ग्रामिण टोलहरुमा पनिा वडा कार्यलयसंग समन्वय गरी बारुणयन्त्रद्धारा सेनेटाइज गरिएको छ । वार्ड न १९ मा रहेको बिन्दवासिनी र वार्ड न २४मा रहको रामगढवा र बहुअरीमा केमिकल पाउडर युक्त पानिद्धारा सेनिटाईज गरिएको छ । कोरोना रोग नियन्त्रणको लागि उपयुक्त रहेको स्टेवल ब्लिचिगं पाउडर पानिमा मिसाएर बारुणयन्त्रद्धारा सेनेटाइज भइरहको छ । महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२ लाख ५० हजार लिटर पानिमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ । वीरगन्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले कारोना रोग नियन्त्रण तथा यसको कारण लगाइएको लकडाउनबाट उत्पन्न सबै समाजिक एवम अर्थिक समास्याहरुको समाधानका लागी महानगरपालिका आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गरिहेको बताए ।

उनले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागु भएकै दिन देखि त्यसबाट सिर्जित सबै समास्याहरुको समाधान क्रमिक रुपमा आरिदै आएको बताउनु भयो ।