neapl investment mega bank
  • गृहपृष्ठ
  • सेवा प्रवाह नगर्ने दुईवटा एम्बुलेन्स प्रहरी नियन्त्रणमा

सेवा प्रवाह नगर्ने दुईवटा एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Apr 8th, 2020

दैलेख, २६ चैत (रासस)

जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार लकडाउन शुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन् । लकडाउनको अवज्ञा गर्ने तीन हजार ५७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको जानकारी दिँदै उहाँले यस अवधिमा दुई हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिनुभयो ।

त्यस्तै यही चैत २१ गते मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरद्वारा १९ हजार परिवारलाई राहत

चिप्लेढुङ्गा स् कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई पोखरा महानगरपालिकाले राहत वितरण शुरु गरेको छ । महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो ।

यही चैत १९ गते बसेको ३७ औँ नगर कार्यपालिका बैठकले राहत विरणका लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोहीअनुसार लाभग्राही छनोट गरी राहत वितरण गर्न शुरु गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरुमार्फत् राहत वितरणको व्यवस्था मिलाइएको छ ।

लाभग्राही छनोट मापदण्डानुसार कुनै पनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, ९वृद्ध, असहाय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति० लाई लाभग्राहीका रूपमा छनोट गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी÷चन्दा सङ्कलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रूपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ ।

महानगरले चार वा सोभन्दा बढी सङ्ख्याका परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ । पूरा प्याकेजमा २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल, दुई केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक÷एक केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताउनुभयो । पौडेलका अनुसार ११ हजार परिवारलाई पूरा र आठ हजार ४४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणका लागि पूरा र आधा प्याकेजको छुट्टाछुट्टै कुपन बनाएर वडामा पठाइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो ।

मजदुरको सहारा बन्दै स्थानीय सरकार

लमजुङ : विश्वमा तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागु गरेको लकडाउनले काम ठप्प हुँदा खानलाई समस्यामा परेको मजदुरको सहारा स्थानीय सरकार बनेको छ । जिल्लामा रहेका आठ वटै स्थानीय सरकारले आआफ्नो पालिकाभित्र रहेका मजदुरहरुलाई खाद्यान्न वितरण प्रक्रिया तीव्र बनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार मङ्गलबारसम्म जिल्लाका चार नगरपाकिला र चार गाउँपालिकाका छ हजार ४२३ मजदुर परिवारलाई खाद्यान्न वितरण गरिसकिएको छ । यी परिवारका लागि एक लाख १० हजार ९१३ केजी चामल, आठ हजार ३०४ केजी दाल, पाँच हजार ३१९ लिटर तेल, पाँच हजार ४४४ नुन प्याकेट र पाँच हजार ५९० गोटा साबुन वितरण भइसकेको प्रजिअ खड्काको भनाइ छ । यी जिल्लाका सबै स्थानीय तहको ७५ वटै वडामा कुल आठ हजार १४२ जना श्रमिक रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले हरेक नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले बजेट विनियोजन गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi