neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लघंन गर्ने एक हजार १५ सय ९५ जना नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने एक हजार १५ सय ९५ जना नियन्त्रणमा

Apr 7th, 2020

काठमाण्डौ, चैत २५

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने तीन सय ७६ महिला सहित १५ सय ९५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी पाँच सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चारपाङग्रे गरी पाँच सय ४५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi