neapl investment mega bank
  • गृहपृष्ठ
  • नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

Apr 6th, 2020

काठमाडौ, चैत २४

नोकियाले हाल कोभिड १९ अर्थात कोरोना भाइरसले श्रृजना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टिमा ४५ दिनको म्याद थप गरेको छ ।
तसर्थ यसअवधिमा कोरोना भाइरसले श्रृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहक वर्गहरुका लागि नोकिया फोनको वारेन्टी अवधीथप ४५ दिनको लागि लम्ब्याएको हो । यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टिमा लागू गरिएको हो ।

उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया सि १ स्मार्ट फोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुबिधा दिदैं आएको जानकारी दिएको छ ।