neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रयुसद्धारा कोरोना उपचार नियन्त्रणमा संलग्नहरुको सुरक्षा गर्न माग

राप्रयुसद्धारा कोरोना उपचार नियन्त्रणमा संलग्नहरुको सुरक्षा गर्न माग

Apr 6th, 2020

काठमाडौ, चैत २४

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रयुुस) ले कोरोना उपचार नियन्त्रणमा संलग्न स्वास्थकर्मी र सुरक्षाकर्मीको सुरक्षाको उचित प्रबन्ध गर्न माग गरेको छ । सोमबार एक अपिल जारी गरी संगठनले भारतीय सीमामा रोकिएका नेपालीको उद्दार गर्न, देशको संकटपुर्ण समयमा भएका आर्थिक अनियमितता लगायतका घटनाको तत्काल छानबिन गर्न समेत माग गरेको छ ।

अपिलमा भनिएको छ, सन् २०१९को डिसेम्बर महिनामा चिनको वुहान सहर बाट शुरु भएको कोरोना भाइरस बाट विश्वका प्राय सबै राष्ट्र प्रभावित बनेका छन् भने आज सम्म १२ लाख भन्दा बढीमा यो रोग देखिएको छ । करिब ६५ हजारले ज्यान गुमाएका छन् । यसको स्वरुप अझ भयावह रुपमा फैलिरहेको छ। यस्तो संकटको घडिमा सरकार जनताप्रति प्रतिबद्ध नभएको र रोकथामका लागि पनि उपयुक्त पहल नभएको जस्ता कुराहरु जनस्तरमा उठिरहेका छन भने कोरोना रोकथामका लागी चाहिने स्रोत साधन र दक्ष जनशक्ति प्रयाप्त नभएको बिज्ञहरु बताइरहेका छन ।

यसै सन्दर्भमा विदेशमा रहेका नेपालीहरु पनि यो रोगबाट संक्रमित भएका छन् र ५४ हजारको हाराहारीमा नेपाली विद्यार्थी रहेको अष्ट्रेलिया सहित युरोप, अमेरिका लगाएत अन्य देशहरुमा लाखौंको संख्यामा अध्ययनरत विद्यार्थी हरु पनि कोरोनाको मारमा परेका छन भने अष्ट्रेलियाका प्रधानमन्त्रीले विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्कन समेत भनिसकेका छन । यस्तो अवस्थामा बिदेशमा रहेका नेपाली विद्यार्थीहरुका समस्या समाधानका लागी सरकारले कुटनैतिक माध्यमबाट पहल गर्न जरुरी छ, विद्यार्थीहरुको काम समेत बन्द भएको र हप्तौं देखी लकडाउनमा बसेका कारण घरभाडा, कलेज फिका साथै खानपिनमा समेत समस्या आइरहेको छ। त्यसैले यि समस्याहरुलाइ गम्भीरताका साथ लिइ सरकार छ भन्ने कुरा समेत बिश्वस्त तुल्याउन र राहतका कार्यक्रम हरु ल्याउनका साथै स्वदेश फर्कन चाहने विद्यार्थीहरुलाइ बिभिन्न देशहरुबाट उदार गर्न राप्रविसं जोडदार माग गर्दछ ।

अपिलमा भनिएको छ, यो बिषम परिस्थितिमा खट्नुभएका स्वास्थ्यकर्मी, शुरक्षाक्रमी, पत्रकार, समाजसेवीलगाएत सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै, थप केही समय कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुलाई समर्थन गर्दै घरमै बस्न र स्वस्थ जिवनयापन गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय समिति सम्पुर्ण आमनेपाली जनतालाइ हार्दिक आग्रह गरेको छ ।