neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वास नेपालद्धारा श्रमिक महिलाहरुलाइ राहत वितरण

विश्वास नेपालद्धारा श्रमिक महिलाहरुलाइ राहत वितरण

Apr 6th, 2020

काठमाण्डौ २४ चैत्र

श्रम क्षेत्रमा कार्यरत श्रमजिवी महिलाहरुलाइ विश्वास नेपाल नामक सामाजिक सस्थाले राहत वितरण गरेको छ । आइतबार बेलुका इमाडोल, पुरानो बानेश्वर र गोगंबु गरेर जम्मा १५ जनालाइ अत्यावश्यक खाद्यान्न पदार्थ उपलब्ध गराइएको विश्वास नेपालकि अध्यक्ष तारा भण्डारीले आधारभूमिलाइ बताउनु भयो । रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरुलाइ लक्ष्ति गरि वितरण गरिएको उक्त राहत वितरण कार्यक्रम बन्दाबन्दीको कारण प्रभावित भएको र सबै श्रम जिवी महिलाहरुलाइ दिन अझै अप्ठायरो समेत परेको भण्डारीले बताउनु भएको छ । यसैगरी बन्दाबन्दीको कारण दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाइ विभिन्न संघ सस्था र नेपाल प्रहरीको सहयोगमा खाद्ययन्न पदार्थहरु वितरण भैरहको छ ।

यता , वडा स्तरमा बाडिएको राहतमा व्यक्तिको नागरिकता अनिवार्य हुनुपर्ने व्यवस्था भएपछि ज्याला मजदुरी गरेर खाने व्यक्तिहरु प्रभावित भएको जनस्तरबाट गुनासो आइरहेको छ ।

चिनको वुहान देखि सुरु भएको कोरोना भाइरसले विश्व आक्रान्त भैरहेको बेला नेपाल सरकारले कोरोना भाइरस बाट बच्न र बचाउन गत चैत्र ११ गते देखि देशभरि नै लकडाउन गरेको छ । लकडाउन पश्चात दैनिक श्रम गरेर खाने श्रमजीविहरुलाइ धेरै असर परेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi