काठमाडौ, चैत २३
बिभिन्न जिल्लाका चेम्वर अफ कर्मशले कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । जसअनुुसार दाङ चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार हस्तान्तरण गरिएको हो । यसका साथसाथै सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको छ ।
यसैगरी चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी रु ५१ हजार हस्तान्तरण गरिएको छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई दुई सय थान मास्क वितरण गरिएको चेम्वरले जानकारी दिएको छ ।