neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा लपुद्वारा महालक्ष्मी नगरपालिकालाई एक सय बोरा चामल

नेकपा लपुद्वारा महालक्ष्मी नगरपालिकालाई एक सय बोरा चामल

Apr 5th, 2020

ललितपुर, २३ चैत (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी पार्टी कमिटीले महालक्ष्मी नगरपालिकालाई आज एक सय बोरा चामल सहयोग गरेको छ । महालक्ष्मीका विपन्न वर्गलाई खाद्यान्नको सुविधा पु¥याउन कमिटीले नगरपालिकालाई उक्त राहत सामग्री सहयोग गरेको हो ।

नेकपा वाग्मती प्रदेशका सदस्य शिवप्रसाद कट्टेलले नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठलाई चामल, दुई सय केजी दाल, दुई सय पोका नुन, एक सय लिटर तेल र एक सय साबुनलगायत उपभोग्य सामग्री हस्तान्तरण गर्नुभयो ।

नेता कट्टेलले नगरपालिकामा रहेका प्रत्येक वडामा वितरण गर्न मिल्ने गरी प्रतिवडा १० बोरा चामल, २० केजी दाल, १० केजी नुन र १० साबुन सहयोग गरिएको जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi