neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनले भोकै रहेको परिवारको डेरामा रासनसहित राज्यमन्त्री मानन्धर

लकडाउनले भोकै रहेको परिवारको डेरामा रासनसहित राज्यमन्त्री मानन्धर

Apr 5th, 2020

काठमाण्डौ, चैत २३

लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् । आर्थिक अभाबामा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहापाए पछि मन्त्री मानन्धरको मोबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए । केही दिन अघि काठमाण्डौमा कोही समस्यामा पर्नु भयो भने फोन गर्नुस भनेर मन्त्रीले आफ्नो नम्वर सार्वजनिक गरेका थिए ।

उक्त नम्वरमा फोन भएको सवा घण्टा पछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयोग सामाग्री बोकेर मन्त्री मानन्धर टुप्लुक्क पुगेका थिए । मन्त्रीले पर्सा जिल्ला घरभइ काठमाण्डौ चन्द्रागिरि नगरपालिका -१३ मा डेरा गरि बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । दुई दिन देखि खाद्यान्न नभएर भोकै रहेका परिवारलाई स्थानीयको पहलमा मन्त्री मानन्धरलाई खवर भएपछि मन्त्री स्वयं खाद्यान्न लिएर पुगेका हुन् ।

मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनको परिवार निक्कै भावुक बनेको थियो । कामगरेको ठाउँमा साहुले निकालि दिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए । मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए ।राहत लिएर मन्त्री स्वयंको आगमन भएपछि स्थानीयको प्रतिकृया थियो मानन्धर जस्तै मन्त्री हुने हो भने देश विकासको दुरी टाढा छैन। लकडाउनको समयमा अप्ठ्यारोमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयोग गर्दै आइरहेका छन् ।

यस अघिपनि एक बिरामी परिवारको गाडी पठाएर उद्दार गरेका थिए भने उनको सचिवालय अप्ठ्यारोमा परेको नागिरकलाई सहयोग गर्न तदारुक्ताका साथ लागिरहेको छ ।हुसेनको परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिक हरु समस्यामा परेका छन् । मन्त्री मानन्धरले जस्तै अन्य जनप्रतिनिधिहरुले पनि यसैगरि सहयोग गर्ने हो भने ती नागरिकले सरकार भएको अनुभूति गर्न पाउने छन्

aadharbhumi
aadharbhumi
aadharbhumi