neapl investment mega bank

लक डाउनको अवधिमा ४५ जनाद्धारा रक्तदान

Apr 4th, 2020

काठमाडौ, चैत २२

लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज बिहान काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुह्ेश्वरी वाग्मती किनारमा अवस्थित खुला चौर (असहाय बाच्छाबाच्छी संरक्षण स्थल) मा सम्पन्न रक्तदान कार्यक्रमा गोकर्णमणी पुडासैनी, हरिभक्त पुडासैनी, परशुराम पुडासैनी, आत्मराम पुडासैनी, राजेन्द्र खनाल, विनोद पुडासैनी, रवि मानन्धर, गणेश हुमागाई, प्रकाश पुडासैनी, नरेश पुडासैनी, रामशरण भारती, राकेश बोहरा, ज्योती पुडासैनी, धनलाल कँडेल, कुमार पुडासैनी, पुष्कर पुडासैनी, बद्री पुडासैनी, बाबुराम बस्नेत, नारायण बहादुर सुवेदी, दिपक पुडासैनी, विवेक पुडासैनी, प्रणव पुडासैनी, रितेश पौड्याल, विजय लामा, असितमान श्रेष्ठ, रामहरी सापकोटा, अजिप लामा, सोनाम तामाङ, सन्ध्या पुडासैनी, मनिष पुडासैनी, साहिल पुडासैनी, इमान लामा, सिता घलान, दुर्गा राना, श्रीकृष्ण पुडासैनी, सरु पुडासैनी, सोमन पुडासैनी, सुरज लामा, कृष्णप्रसाद फुयाल, रुपेश पुडासैनी, नारायण पुडासैनी, रोज विष्ट, रामचन्द्र दंगाल, संजीत कार्की र सुमना गिरी सहित ४५ जनाले रक्तदान गरेका थिए ।

सुरक्षाका मापदण्डहरु अवलम्वन गर्दै सतर्कताका साथ सम्पन्न रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस दौरान गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालीसे, उपमेयर शान्ति नेपाल, कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापासहित जनप्रतिनिधिहरुको समेत सहभागिता थियो ।

यसैगरी शान्ति समाज रुपन्देही शाखाले चैत २१ गते वुटवलस्थित सुकुम्बासी बस्तिका विपन्त परिवारलाई रु. ५० हजारको खाद्यान्नसहित राहत सामग्री प्रदान गरेको थियो भने त्यस अघि चैत १० गते बुटवलमा तीन सय वटा मास्क वितरण गरेको थियो ।