neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट

प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट

Apr 4th, 2020

काठमाडौँ, २२ चैत (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।