neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Apr 4th, 2020

धनुषा, २२ चैत

मिथिला नगरपालिका-६ मगरटोलस्थित सडकमा प्रदेश २-०२-००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार साँझ अनियन्त्रित भई विद्युतको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक धनौजी गाउँपालिका-५ बस्ने २६ वर्षीय अजय कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।