neapl investment mega bank
  • गृहपृष्ठ
  • खुकुरी प्रहार गरी मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

Apr 4th, 2020

नुवाकोट, २२ चैत

खुकुरी प्रहार गरी आफ्नै मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा तादी गाउँपालिका-३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने आफ्नै मामाको छोरा २२ वर्षीय बिकास तामाङलाई सामान्य विवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । घाइते बिकासलाई उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।