काठमाडौ, चैत २२
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोराना भाईरस (कोवि १९) को नियन्त्रण तथा रोकथामको लागि हालसम्म भएको कामको बारेमा जानकारी लिएकाछन । आज शुक्रबार पोखरेलले कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको काठमाण्डौं, छाउनी स्थित कोविड १९ क्राईसीस म्यानेजमेन्ट सेन्टरमा गई हालसम्म भएका कामको बारेमा जानकारी लिएका हुुन ।
सोही क्रममा पोखरेललाई कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार, संक्रमित देखिएका बिरामीहरुलाई अस्पतालसम्म पुर्याई उपचारको ब्यवस्था लगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधी उपकरण तथा स्वास्थ्य सामाग्रीहरुको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो । सोही प्रस्तुतिकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य समानहरुको आपूर्ति र राहत बितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराईएको थियो ।
प्रस्तुतिकरण उप प्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्द सबैले मेहनत तथा ईमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिएकाछन । सो कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति, सेन्टरका अपरेशनका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल, नेपाली सेनाका रथीबृन्द, सेन्टरका अपरेशन अन्तर्गतका संयोजकहरु लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।