काठमाडौ, चैत २१
कोरोना भाइस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले दुई महिनाको तलब भत्ता दिने भएको छ । कम्पनीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त रकम सहयोग गर्न लागिएको हो ।
संस्थाले बिज्ञप्ती मार्फत भनेको छ, नेपालमा विगत केहि दिन देखि कोरोना भाइरस कोभिड १९ को त्रास फैलिदै गएको र अन्य मुलुकबाट नेपाल आएका नेपालीहरुबाट नै यो रोगको संक्रमण फैलिन सक्ने संभावना देखिन थालेको छ।यसै परिपेक्षमा सरकारले संक्रमण नियन्त्रणको लागि चैत्र ११ गते बाट निरन्तर लकडाउनको घोषणा गर्दै आएको छ ।
लकडाउन संगै नेपाल भरिका अस्पतालहरुमा कोरोना उपचार र रोकथामको लागि तयारी गर्न सरकार र नागरिक समुदाय युद्धस्तरमा लागि रहेका छन। सरकार मात्रको साधन स्रोत र प्रयासले कोरोना भइरसको महामारी नियन्त्रण गर्न संभव नभएकोले नागरिक समुदाय, सघं संस्था अन्तराष्ट्रिय समुदायबाट समेत सरकारले सक्दो सहयोगको आशा गरेको छ । यस्तो विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको हैसियतले मैले मासिक पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गर्र्दछौ । यो रकमको चेक लकडाउन खुले पछि नेपाल सरकारलाई हस्तान्तरण गर्छोें, कम्पनीले बिज्ञप्ती मार्फत भनेको छ ।