neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवाद्धारा एक लाख बराबरको राहत सामाग्री बितरण

कामना सेवाद्धारा एक लाख बराबरको राहत सामाग्री बितरण

Apr 3rd, 2020

काठमाडौ, चैत २१

कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी एक लाख बराबरको चामल, दाल, तेल नुनलगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखाप्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुुन । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रतिउप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिदै उक्त सामग्री उप–महानगरपालिकाको विपत व्यस्थापन कोष मार्फ वितरण गरिने बताए ।

हाल नोबेल कोरोनाभाइरस (कोभिड–१९) महामारीकोरुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहतमिल्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंैकिड लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।