neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीद्धारा निशुल्क खाद्य सामग्री वितरण अभियान ५ सञ्चालन

प्रहरीद्धारा निशुल्क खाद्य सामग्री वितरण अभियान ५ सञ्चालन

Apr 2nd, 2020

काठमाण्डौ, चैत २०

प्रहरीद्धारा निशुल्क खाद्य सामग्री वितरण अभियान ५ सञ्चालन गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आजपाचौ दिन नेपाल बाल संगठन (बालमन्दीर) नक्सालमा आश्रित १०० जना बालबालिका, नेपाल बाल संगठन (वाल मन्दिर) सिफलमा आश्रित १०० जना, निःसहाय सेवा सदन रहेका ३६ जनावृद्ध वृद्धाहरु, फुयचर होप नेपाल गोठाटारमा संरक्षित २२ जना बालवालिकाहरू,श्रृजनशील बाल सेवा परिवारमा आश्रित १८ जना, नेपाल स्नेही काख एकान्तकुनामा आश्रित ७५ जना, पिडित सेवा संघमा रहेका ९ जना, न्युु बिगिर्नस चिल्डेन होम काडाँघारीमा रहेका १० जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका हुुन ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु(चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताए ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनुहुन समेत प्रहरी नायव महानिरीक्षक पोखरेलले अनुरोध गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi