काठमाडौ, चैत २०
एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरीआफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।
एनसेलले आफ्नो कर बाहेक रु २ प्रतिएमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रतिएमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्कथप सुलभ हुँदै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेनब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्,खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्कालबोनस डेटा पाउँदै जानेछन् ।
जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दाथप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०/२० एमबी डेटा बोनस पाउने छन् ।
यदि ग्राहकले रु २ मेनब्यालेन्स १.०४ एबीडेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने५२.२एमबी र बोनस १९७ एमबी सहितकुल २५० एमबी डेटा पाउनेछन् ।
कोरोना भाइरसले निम्त्याएको महामारीको यो समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामाथप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।