neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Apr 2nd, 2020

काठमाडौं, २० चैत

काठमाडौं महानगरपालिका-१६ नयाँबजार मेडिकल चोकस्थित काठमाडौं महानगरपालिका-१३ ओम वहाल बस्ने राजु महर्जनको फर्निचर कारखानामा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फर्निचर कारखाना सो फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम समेत जलेर करिब ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, पाँचखपन नगरपालिका-७ पचासे बेंसी बस्ने लक्ष्मी कुमारी बोगटीको घर र घर नजिकै रहेको ग्वाली घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, कमल गाउँपालिका-६ सोनापुर टोल बस्ने ६५ वर्षीय होम नाथ अर्यालको घरमा खाना पकाउने ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्याङजा, कालीगण्डकी गाउँपालिका-५ बेलटारी बस्ने ७७ वर्षीय जिवलाल न्यौपानेको घरमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।