काठमाडौं, २० चैत
धादिङ, खन्यावास गाउँपालिका-२ गोरगाङ बस्ने ४२ वर्षीय राम सिंह तामाङको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार दिउँसो आफ्नै घर छेउमा कुखुराको खोर बनाउने काम गरिरहेको अवस्थामा अचानक परेको चट्याङ लागेर उनको मृत्यु भएको हो ।
रुकुम (पश्चिम), त्रिवेणी गाउँपालिका-४ खुम्चेरीमा बुधबार साँझ चट्याङ् पर्दा रोल्पा गंगादेव गाउँपालिका-४ घर भएकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको छ । चट्याङ लागेर सोही ठाउँ बस्ने ११ वर्षीया तुलसा खड्का लगायत ९ जना घाइते भएकोमा ८ जना उपचार पश्चात् घर फर्किएका छन् भने २० वर्षीया अनिता बिकलाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।