काठमाडौ, चैत २०
विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । जसअनुुसार ललितपुर चेम्बर अफ कमर्सले पाटन अस्पताललाई एकदर्जन पिपिई सेट प्रदान गरेको छ ।
यसैगरी भक्तपुर चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम गरेको छ । कोरोनाको कारणले गर्दा यसले हरेक व्यक्तिको बीचमा ३÷३ फिटको दुरी बनाएर रक्तदान कार्यक्रम गरेको चेम्वरले जानकारी दिएको छ । यसैगरी डडेलधुरा चेम्बर अफ कमर्सले पनि अभावमा परेका परिवारलाई चामल वितरण गरेको छ ।