neapl investment mega bank
  • गृहपृष्ठ
  • ओयोले नेपालमा लक डाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

ओयोले नेपालमा लक डाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

Apr 2nd, 2020

काठमाडौं, चैत २०

ओयो होटेल एण्ड होम्स, विश्वकै एक अग्रणी होटेल तथा घरको श्रृंखलाले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लक डाउनमा छ । यो घडिमा ओयोपूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा छ र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्नेछ ।

अप्रिल १ तारिखदेखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लक डाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्नेछ । लक डाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथओयोले यो पहलविशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको छ । सरकारले सिफारिस गरेको सम्पूर्ण चेकजाँच र उपायहरुप्रति कम्पनी पूर्ण नगनशील छ । होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इनगर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइरस फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ । ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको छ ।

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लक डाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछांै ।”
ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७मा सम्पर्क गर्न आग्रह गरेको छ ।